logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • बिद्यालय जाँदै गरेकी शिक्षिकाको पहिरोले पुरेर मृत्यु

    889Shares
    बिद्यालय जाँदै गरेकी शिक्षिकाको पहिरोले पुरेर मृत्यु

             पहिरोले पुरेर खोटाङमा एक शिक्षिकाको मृत्यु भएको छ। रावाबेसीं गाउँपालिका–३ लामिडाँडाकी ५७ वर्षीया सावित्रादेवि नेवारको पहिरोले पुरेर मृत्यु भएको छ हो।

    विश्वज्योति माविमा कार्यरत शिक्षिका नेवार बिहीबार बिहान १० बजे विद्यालयतर्फ जाँदै गरेको अवस्थामा करीव ५० मिटरमाथिको सडकबाट झरेको पहिरोले पुर्दा घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए।

    नेवारको शवलाई स्थानीय र प्रहरीले निकालेर ट्याक्टर मार्फत पोष्टमार्टम गर्न जिल्ला अस्पताल पुर्याइएको थियो ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार