logo

२०८३ मंसिर १० बुधबार

logo
  • २०८३ मंसिर १० बुधबार
  • दशौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा पुलिस र सुदूरपश्चिमको फराकिलो जित

    862Shares
    दशौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा पुलिस र सुदूरपश्चिमको फराकिलो जित

    कर्णाली । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशले फराकिलो जित निकालेका छन् ।

    बुधबार बिहान सम्पन्न फुल कोर्ट (५×५) विधाका खेलमा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई ५२–२९ अंकले पराजित गरेको छ । उत्कृष्ट प्रदर्शन गरेको पुलिसले २३ अंकको अन्तरमा जित हात पारेको हो ।

    त्यस्तै, अर्को खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४७–३ अंकको फराकिलो अन्तरले पराजित गरेको छ । खेलको सुरुदेखि नै पकड जमाएको सुदूरपश्चिमले सहज जित दर्ता गरेको हो ।

    यसैगरी, महिला बास्केटबलको थ्री अन थ्री (३×३) विधातर्फ नेपाल आर्मीले कोशी प्रदेशलाई १३–८ अंकले पराजित गरेको छ । अर्को खेलमा बागमती प्रदेशले मधेश प्रदेशमाथि ८–३ अंकको जित निकालेको छ ।

    बुधबारका खेलमा पुलिस, सुदूरपश्चिम, आर्मी र बागमती प्रदेशले आ–आफ्नो प्रतिस्पर्धामा जित हासिल गरेका छन् ।



    फास्ट न्युज    
  • २०८३ मंसिर १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट