काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सका खेलाडी तथा समर्थकले मैदानमा खुसीयाली मनाएका छन्।
शनिबार साँझ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक खेलमा लुम्बिनीलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले एनपीएलको उपाधि उचालेको हो।
उपाधि जितसँगै सुदूरपश्चिमका खेलाडी मैदानमै उत्सवमा रमाएका थिए। खेलाडीसँगै समर्थकहरूले पनि टोलीको ऐतिहासिक सफलतामा खुसी व्यक्त गर्दै विजय उत्सव मनाएका थिए।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया