logo

२०८३ मंसिर ७ आईतवार

logo
  • २०८३ मंसिर ७ आईतवार
  • प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै

    925Shares
    प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारत भ्रमणमा जान लागेका हुन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह आज नेपाल वायुसेवाको विमानमार्फत दिउँसो १:४५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछन् ।

    भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस. जयशंकर र राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, मङ्सिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

    भारतले प्रधानमन्त्री शाहलाई राजकीय सम्मान प्रदान गर्ने जनाएको छ ।

    भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारलगायत सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् । मन्त्रालयका अनुसार नेपालबाट ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल भारत जानेछ भने निजी क्षेत्रका ५२ सदस्यीय टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ ।

    नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी सहकार्यका विभिन्न क्षेत्रको समीक्षा गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।



    फास्ट न्युज    
  • २०८३ मंसिर ७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट