logo

२०८३ मंसिर ६ शनिबार

logo
  • २०८३ मंसिर ६ शनिबार
  • आज विश्व टेलिभिजन दिवस मनाइँदै

    892Shares
    आज विश्व टेलिभिजन दिवस मनाइँदै

    काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा यसको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ ।

    संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९६ डिसेम्बर १७ मा प्रस्ताव नम्बर ५१/२०५ पारित गर्दै नोभेम्बर २१ लाई विश्व टेलिभिजन दिवसका रूपमा घोषणा गरेको थियो ।

    यसअघि सन् १९९६ नोभेम्बर २१ र २२ मा संयुक्त राष्ट्रसङ्घले पहिलो विश्व टेलिभिजन मञ्च आयोजना गरेको थियो । उक्त मञ्चमा सञ्चार क्षेत्रका प्रमुख व्यक्तित्वहरू सहभागी भई परिवर्तनशील विश्वमा टेलिभिजनको बढ्दो महत्त्व र भूमिकाबारे छलफल गरेका थिए ।

    टेलिभिजनलाई जनमत निर्माण, सूचना तथा समाचार प्रवाह र सामाजिक चेतना अभिवृद्धिको प्रभावशाली माध्यमका रूपमा स्वीकार गर्दै संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।

    विश्व टेलिभिजन दिवसले सञ्चार, शिक्षा, सूचना तथा मनोरञ्जनका क्षेत्रमा टेलिभिजनले पुर्‍याएको योगदानको स्मरण गराउनुका साथै समाजमा यसको सकारात्मक प्रभाव र जिम्मेवार पत्रकारिताको महत्त्वलाई उजागर गर्दछ ।

    सूचना प्रविधिको तीव्र विकाससँगै डिजिटल माध्यम तथा सामाजिक सञ्जालको प्रभाव बढ्दै गएको भए पनि विश्वभर सूचना प्रवाह र जनचेतना अभिवृद्धिमा टेलिभिजनको भूमिका अझै महत्त्वपूर्ण मानिन्छ ।



    फास्ट न्युज    
  • २०८३ मंसिर ६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट