logo

२०८३ भाद्र ३० मंगलवार

logo
  • २०८३ भाद्र ३० मंगलवार
  • रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म राहत

    796Shares
    रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म राहत

    काठमाडौँ ।  रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहका प्रभावित परिवारलाई तत्काल राहत रकम उपलब्ध गराइने भएको छ।

    मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार बाढीबाट प्रभावित परिवारलाई बसोबास तथा जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले राहत रकम उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ।

    सरकारका अनुसार चार जनासम्म सदस्य भएका परिवारले मासिक १५ हजार रुपैयाँ राहत पाउनेछन्। चार जनाभन्दा बढी सदस्य भएको परिवारलाई भने थप प्रत्येक सदस्यबापत मासिक दुई हजार रुपैयाँ उपलब्ध गराइनेछ।

    बाढीका कारण पूर्ण रूपमा क्षति भई बसोबास गर्न अयोग्य भएका निजी आवासका परिवारमध्ये होल्डिङ सेन्टरमा नबसी आफ्नै व्यवस्थामा अस्थायी बसोबास गर्न चाहने परिवारले मात्र यो राहत पाउनेछन्।

    वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म बढीमा छ महिनासम्म राहत रकम उपलब्ध गराइने व्यवस्था गरिएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र २८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट