logo

२०८३ भाद्र २६ शुक्रबार

logo
  • २०८३ भाद्र २६ शुक्रबार
  • त्रिशूलीमा पुल बगेपछि ह्युम पाइप राखेर अस्थायी आवतजावत सञ्चालन गरिने

    739Shares
    त्रिशूलीमा पुल बगेपछि ह्युम पाइप राखेर अस्थायी आवतजावत सञ्चालन गरिने

    नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुल बगाएपछि त्रिशूली बजार क्षेत्रमा नदी वारपार गर्न भइरहेको समस्या तत्काल समाधान गर्न ह्युम पाइप राख्ने तयारी गरिएको छ।

    यसअघि गरिएको प्राविधिक अध्ययनले विदुर नगरपालिका–१ स्थित ढुङ्गेमा रहेको कृषि विकास कार्यालय र वडा कार्यालयको पछाडिपट्टि नदीका दुवै किनारमा रहेका ठूला ढुङ्गाबीच ह्युम पाइप राखेर अस्थायी रूपमा आवतजावत सञ्चालन गर्न सकिने देखाएको थियो।

    सोही अध्ययनका आधारमा नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, नेपाली सेनाका प्राविधिक अधिकृत, पूर्वाधार विकास कार्यालयका प्रमुख सुजन थापा, विभिन्न वडाका अध्यक्ष तथा निर्माण व्यवसायीबीच भएको छलफलपछि ह्युम पाइप राख्ने काम अघि बढाउने निर्णय गरिएको हो।

    नगरप्रमुख श्रेष्ठका अनुसार निर्माण कार्यमा सहभागी हुन इच्छुक निर्माण कम्पनीलाई प्राविधिक अध्ययनसहितको कार्यतालिका पेस गर्न कार्यादेश दिइएको छ। निर्माण व्यवसायीलाई तीन दिनभित्र ह्युम पाइप राख्न सकिने अवस्था, आवश्यक प्राविधिक व्यवस्थापन तथा काम सम्पन्न गर्न लाग्ने समयसहितको प्रतिवेदन पेस गर्न भनिएको छ।

    ह्युम पाइप राखेर अस्थायी आवतजावत सञ्चालनमा ल्याउन सके त्रिशूली नदी वारपार गर्न भइरहेको कठिनाइ तत्काल केही सहज हुने र सर्वसाधारणलाई राहत पुग्ने अपेक्षा गरिएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र २६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट