logo

२०८३ भाद्र १९ शुक्रबार

logo
  • २०८३ भाद्र १९ शुक्रबार
  • त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    751Shares
    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ ।

    सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उद्धारका लागि सुरुङभित्र प्रवेश गरेको टोलीले एकजनाको शव फेला पारेको हो ।

    यसअघि नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार बिहान सुरुङबाट ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनको सकुशल उद्धार गरेको थियो । सप्तरीका साह आयोजनामा मेकानिकल फोरम्यान तथा काठमाडौंका महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए ।

    आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएका थिए । उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीका अनुसार सुरुङभित्र रहेका सात तहमध्ये पाँच तह हिलोले पुरिएको छ । हाल दुई तहमात्र देखिएको र सोहीमध्ये एक तहमा शव फेला परेको प्रहरीले जनाएको छ ।

    सम्पर्कविहीन अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट