logo

२०८३ मंसिर १० बुधबार

logo
  • २०८३ मंसिर १० बुधबार
  • टिमुरेमा उद्धार टोलीको खोजी सफल, माटोमुनि पुरिएकी बालिका जीवित भेटिइन्

    1.1KShares
    टिमुरेमा उद्धार टोलीको खोजी सफल, माटोमुनि पुरिएकी बालिका जीवित भेटिइन्

    रसुवा । बाढी–पहिरोले तहसनहस बनेको रसुवाको टिमुरेमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट करिब ६ वर्षीया बालिकालाई जीवितै फेला पारेको छ।

    गोसाईंकुण्ड गाउँपालिका–२ स्थित टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन उद्धारका क्रममा एपीएफ टोलीले बालिकालाई माटोमा पुरिएको अवस्थामा फेला पारेको हो।

    माटोभित्र बालिका जीवित रहेको पत्ता लागेपछि उद्धार टोलीले तत्काल उनलाई बाहिर निकालेको थियो। त्यसपछि थप उपचारका लागि स्वास्थ्य संस्थातर्फ पठाइएको छ।

    बाढी–पहिरोपछि टिमुरेमा ठूलो क्षति पुगेको छ। घटनास्थलमा अझै पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खोज तथा उद्धारमा खटिएको छ।

    बालिकाको उद्धारले विपत्तिमा हराइरहेकाहरूको खोजीमा सम्भावित जीवित व्यक्तिसमेत फेला पर्न सक्ने आशा बढाएको छ। पहिरोमा उनी कसरी पुरिइन् र कति समयसम्म माटोमुनि थिइन् भन्ने विवरण भने खुल्न बाँकी छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट