logo

२०८३ आश्विन २१ बुधबार

logo
  • २०८३ आश्विन २१ बुधबार
  • काठमाडौंमा आज पाँच स्थानबाट ग्यास बिक्री, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

    922Shares
    काठमाडौंमा आज पाँच स्थानबाट ग्यास बिक्री, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

    काठमाडौं,  नेपाल आयल निगमले काठमाडौं उपत्यकामा आज पाँच स्थानबाट विभिन्न ब्रान्डका एलपी ग्यास बिक्री गर्ने भएको छ। ग्यासको आवश्यकता परेका उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँगको समन्वयमा तोकिएका बिक्री केन्द्रबाट ग्यास वितरण गर्न लागिएको हो।

    निगमका अनुसार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका स्थानमा पुगेर उपभोक्ताले ग्यास खरिद गर्न सक्नेछन्। ग्यास लिन जाने उपभोक्ताले नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।

    निगमको टेकुस्थित परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास बिक्री हुनेछ।

    त्यस्तै, यातायात कार्यालय परिसर चाबहिलबाट नेपाल र एचपी ग्यास उपलब्ध गराइनेछ।

    राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइजवाला र ओम ग्यास बिक्री हुनेछ। राधास्वामी, बसुन्धरा परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ग्यास उपलब्ध हुने निगमले जनाएको छ।

    पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट भने नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, लोकप्रिय र सूर्य ग्यास बिक्री गरिनेछ।

    निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको र ग्यास उद्योगहरूले आफ्ना आधिकारिक विक्रेतामार्फत पनि नियमित बिक्री गरिरहेको जनाएको छ। त्यसैले उपभोक्तालाई अनावश्यक रूपमा लाइनमा नबस्न तथा आफ्नो आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरिएको छ।

    पाँच स्थानबाट एकै दिन ग्यास बिक्रीको व्यवस्था गरिएसँगै अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई वैकल्पिक बिक्री केन्द्रमार्फत ग्यास उपलब्ध गराउने प्रयास गरिएको निगमको भनाइ छ। नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिनुले वितरणलाई व्यवस्थित र वास्तविक उपभोक्तामै केन्द्रित गर्ने उद्देश्य देखिएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण ३०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट