logo

२०८३ कार्तिक २१ शुक्रबार

logo
  • २०८३ कार्तिक २१ शुक्रबार
  • सिम्ताबाट गुमीतर्फ जाँदै गरेको गाडी गुर्भाकोट–१३ सेराघारीमा दुर्घटनाग्रस्त, चालक नियन्त्रणमा

    964Shares
    सिम्ताबाट गुमीतर्फ जाँदै गरेको गाडी गुर्भाकोट–१३ सेराघारीमा दुर्घटनाग्रस्त, चालक नियन्त्रणमा

          सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीस्थित सडकखण्डमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार सिम्ताबाट गुमीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी आइतबार अनियन्त्रित भई सडकमै पल्टिएको हो।

    दुर्घटनाका बेला गुर्भाकोट नगरपालिका–१३ का अन्दाजी ४३ वर्षीय गगन थापाले गाडी चलाइरहेका थिए। गाडीमा चालकसहित २० जना सवार रहेकामा चालकबाहेक अन्य १९ जना घाइते भएका हुन्।

    घटनालगत्तै स्थानीयवासी र प्रहरीले घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाएका छन्। तीनजनाको अवस्था गम्भीर रहेकाले उनीहरूको सघन उपचार भइरहेको प्रहरीले जनाएको छ।

    दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण ६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट