logo

२०८३ श्रावण १ शुक्रबार

logo
  • २०८३ श्रावण १ शुक्रबार
  • साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    772Shares
    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ।

    साउन महिनाको पहिलो दिन भगवान शिवको पूजा–आराधना तथा दर्शन गर्न काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट हजारौं श्रद्धालु पशुपतिनाथ मन्दिर पुगेका छन्। साउन महिना भगवान शिवको प्रिय महिना मानिने धार्मिक विश्वासका कारण मन्दिरमा भक्तजनको चाप उल्लेख्य रूपमा बढेको हो।

    भक्तजनहरूको सहज दर्शन, सुरक्षा र व्यवस्थापनलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा आवश्यक सुरक्षा तथा सेवा व्यवस्थापन गरेको जनाएको छ।

    सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते साउने (कर्कट) संक्रान्ति पर्व मनाउने परम्परा रहेको छ। यस दिन स्नान, दान र भगवान शिवको पूजा–आराधना गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

    विशेषगरी महिलाहरू हरियो चुरा, हरियो पोते तथा हरियो पहिरनमा सजिएर भगवान शिवको पूजा गर्दै सुख, समृद्धि, शान्ति र अटल सौभाग्यको कामना गर्ने परम्परा रहेको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण १, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट