काठमाडौं। चार महिनापछि उपभोक्ताले पुनः १४.२ किलो तौलको खाना पकाउने एलपी ग्यास सिलिन्डर पाउने भएका छन्। भारतबाट दैनिक १०० बुलेट ग्यास आपूर्ति सुनिश्चित भएपछि नेपाल आयल निगमले आजदेखि पूर्ण तौलको ग्यास सिलिन्डर बजारमा पठाउने निर्णय गरेको हो। मध्यपूर्वको तनाव तथा बजारमा ग्यासको अभावपछि निगमले गएको फागुन अन्तिम हप्तादेखि बजारमा आधा तौल (७.१ किलो) भएको सिलिन्डर प्रयोगमा ल्याएको थियो ।
चार महिनापछि उपभोक्ताले पूरा तौल भएको ग्यास सिलिन्डर पाउन लागेका हुन् । भारतबाट प्रतिदिन १०० बुलेट ग्यास आउने सुनिश्चितता भएकाले आजदेखि पूर्ण तौल भएको सिलिन्डर प्रयोगमा ल्याउने निर्णय भएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।
स्टक रहुन्जेल केही दिन आधा तौल भएको सिलिन्डर पनि बजारमा रहनेछ । पूर्ण तौलको ग्यास सिलिन्डरको भाउ दुई हजार ६० रुपैयाँ पर्नेछ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया