logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • पेट्रोल प्रतिलिटर २ र डिजेल/मट्टीतेल ३ रुपैयाँले बढ्यो

    1.1KShares
    पेट्रोल प्रतिलिटर २ र डिजेल/मट्टीतेल ३ रुपैयाँले बढ्यो

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर २ र डिजल-मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।प्रतिलिटर दुई र डिजेल/मट्टीतेलमा तीन रुपैयाँका दरले भाउ बढाएको छ  ।

    भारतीय आयल निगमबाट पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेर मूल्यसूची आएको निगमले जनाएको छ । तर, उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँमा मात्रै वृद्धि गरेको विज्ञप्तिमा जनाइएको छ ।

    भाउ बढेसँगै अब पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर एक सय ५८ रुपैयाँ ५० पैसा तथा डिजेल/मट्टीतेल प्रतिलिटर एक सय ४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर एक सय ६० रुपैयाँ तथा डिजेल/मट्टीतेल प्रतिलिटर एक सय ४६ रुपैयाँ तथा तेस्रो वर्ग अन्तर्गत काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर एक सय ६१ रुपैयाँ तथा डिजेल/मट्टीतेल प्रतिलिटर एक सय ४७ रुपैयाँ पर्नेछ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक ३०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट