logo

२०८३ असार ३१ बुधबार

logo
  • २०८३ असार ३१ बुधबार
  • प्रतिनिधिसभाका तीन समितिको बैठक आज, धितोपत्र बजारदेखि ग्यास आपूर्तिसम्मका विषयमा छलफल

    781Shares
    प्रतिनिधिसभाका तीन समितिको बैठक आज, धितोपत्र बजारदेखि ग्यास आपूर्तिसम्मका विषयमा छलफल

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्दैछ। अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समसामयिक विषयमा छलफल गर्ने कार्यसूची तय गरेका छन्।

    आज बिहान साढे ८ बजे बस्ने अर्थ समिति बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएका प्रमुख कामकारबाही, धितोपत्र बजारको नियमन र विकासका लागि गरिएका प्रयास, प्राप्त उपलब्धि तथा लगानीकर्ताको हित संरक्षणका लागि अपनाइएका उपायबारे जानकारी लिने कार्यसूची रहेको छ।

    यस्तै, बिहान साढे ८ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुनेछ। उक्त छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, सम्बन्धित मन्त्रालयका सचिवहरू तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक सहभागी हुनेछन्।

    त्यसैगरी, बिहान ८ बजे बस्ने उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको समस्या, त्यसको कारण तथा उपभोक्तामा परेको प्रभावबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र मन्त्रालयका सचिवसँग छलफल गरिने समितिले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ असार ३१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट