logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • काठमाण्डौको कलङ्कीमा दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गयो

    949Shares
    काठमाण्डौको कलङ्कीमा दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गयो

    काठमाण्डौ । काठमाण्डौको कलङ्कीमा दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । गएराति काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलङ्कीमा रहेको एलआरआई स्कूल नजिकै दुई समूहबीच झडप हुँदा ढुङ्गेअड्डा बस्ने २२ वर्षीय अभय गोलेको उपचारको क्रममा ज्यान गएको काठमाण्डौ प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दुई समूहबीच होलीमा भएको विवादलाई लिएर हिजो झडप भएको हो । घटनामा अरू तीन जना घाइते भएका छन् । कुटपिट गर्ने एकजना पक्राउ परेका र अरू दुई जना फरार रहेका प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट