logo

२०८३ असार ३१ बुधबार

logo
  • २०८३ असार ३१ बुधबार
  • सम्पत्ति शुद्धीकरण मुद्दाः विष्णु पौडेललाई पाँचौँ पटक म्याद थप, थप तीन दिन हिरासतमा राख्न अनुमति

    760Shares
    सम्पत्ति शुद्धीकरण मुद्दाः विष्णु पौडेललाई पाँचौँ पटक म्याद थप, थप तीन दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा अनुसन्धानका लागि विशेष अदालतले पाँचौँ पटक हिरासतमा राख्न अनुमति दिएको छ।

    विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको हो।

    सम्पत्ति शुद्धीकरण विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ। विभागको पत्रका आधारमा उनलाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।

    पक्राउपछि विभागले विशेष अदालतबाट यसअघि चार पटक म्याद थप गरिसकेको थियो। सोमबारको आदेशसँगै अदालतले पाँचौँ पटक म्याद थप गर्दै अनुसन्धान जारी राख्न अनुमति दिएको हो।



    फास्ट न्युज    
  • २०८३ असार २९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट