logo

२०८३ असार ३१ बुधबार

logo
  • २०८३ असार ३१ बुधबार
  • इरान–अमेरिका तनावले तेलको मूल्य र डलर उकालो, एसियाली सेयर बजारमा गिरावट

    757Shares
    इरान–अमेरिका तनावले तेलको मूल्य र डलर उकालो, एसियाली सेयर बजारमा गिरावट

    वासिङ्टन डीसी। अमेरिकाले इरानमाथि आक्रमण गरेपछि खाडी क्षेत्रमा तनाव चर्किँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ भने एसियाली सेयर बजारमा गिरावट आएको छ। ग्रिनविच समयअनुसार सोमबार राति ११ः११ बजेसम्म ब्रेन्ट क्रुड फ्युचर्सको मूल्य प्रतिब्यारेल २.३४ अमेरिकी डलर (३.०८ प्रतिशत) बढेर ७८.३५ डलर पुगेको छ। त्यसैगरी अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) क्रुडको मूल्य प्रतिब्यारेल २.२१ डलर (३.०९ प्रतिशत) बढेर ७३.६२ डलर पुगेको छ।

    इरानले खाडी क्षेत्रमा आक्रमण विस्तार गरेपछि स्ट्रेट अफ होर्मुज हुँदै हुने ऊर्जा आपूर्तिमा जोखिम बढेको विश्लेषण गरिएको छ। यससँगै महँगी बढ्ने र प्रमुख केन्द्रीय बैंकहरूले ब्याजदर बढाउन सक्ने अनुमानले अमेरिकी डलर बलियो बनेको छ। जापानी येनको तुलनामा अमेरिकी डलर ०.१ प्रतिशतले बढेर १६१.९२ येन पुगेको छ। युरो ०.१ प्रतिशतले कमजोर हुँदै १.१४०३ अमेरिकी डलरमा झरेको छ भने बेलायती पाउन्ड १.३३८३ अमेरिकी डलरमा सीमित भएको छ। अस्ट्रेलियन डलर र न्युजिल्यान्डको किवी डलर पनि ०.१ प्रतिशतले घटेका छन्।

    खाडी क्षेत्रमा बढ्दो तनाव र इरानले होर्मुज जलमार्ग बन्द गरेको दाबीपछि सोमबार एसियाली सेयर बजारमा दबाब देखिएको छ। लगानीकर्ताले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले ब्याजदर बढाउने अनुमान गरेसँगै अमेरिकी बन्डको प्रतिफल र डलरको मूल्य बढेको जनाइएको छ। सप्ताहन्तमा इरानले कतार र संयुक्त अरब इमिरेट्समा आक्रमण विस्तार गरेको तथा अमेरिकाले पनि इरानमाथि थप आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने होर्मुज जलमार्ग व्यापारिक आवागमनका लागि खुला रहेको बताएका छन्।

    जहाजको आवागमन निगरानी गर्ने कम्पनी केप्लरका अनुसार आइतबार उक्त जलमार्गबाट केवल छवटा जहाज मात्र आवतजावत गरेका छन्, जुन पछिल्ला पाँच साताकै न्यून सङ्ख्या हो। बढ्दो तनावका कारण गत महिना अमेरिका र इरानबीच भएको अन्तरिम सम्झौताको कार्यान्वयनसमेत अन्योलमा परेको छ। उक्त सम्झौताले थप ६० दिनको वार्तापछि होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने र द्वन्द्व अन्त्य गर्ने लक्ष्य राखेको थियो।



    फास्ट न्युज    
  • २०८३ असार २९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट