logo

२०८३ असार ७ आईतवार

logo
  • २०८३ असार ७ आईतवार
  • प्रधानमन्त्री शाह रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन, लटौली सेन्चुरी रिसोर्टमा बस्ने

    748Shares
    प्रधानमन्त्री शाह रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन, लटौली सेन्चुरी रिसोर्टमा बस्ने

    चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन आइपुगेका छन्। उनी श्रीमती र छोरीसहित महाधिवेशनको उद्घाटन कार्यक्रम तथा बन्दसत्रमा सहभागिता जनाउन चितवन आएका हुन्।

    प्रधानमन्त्री शाह कालिका नगरपालिका–९, शक्तिखोरस्थित हालै सञ्चालनमा आएको लटौली सेन्चुरी रिसोर्टमा बस्ने कार्यक्रम रहेको छ। रिसोर्ट स्रोतका अनुसार असार ६ गतेदेखि चार दिनका लागि रिसोर्ट पूर्ण रूपमा बुक गरिएको छ।

    ‘रिसोर्टका सबै १६ वटा कोठा असार ६ गतेदेखि आरक्षित गरिएका छन्। बाहिरी व्यक्तिलाई प्रवेश अनुमति दिइएको छैन,’ स्रोतले जनाएको छ। तीमध्ये १३ वटा कोठामा पाहुनाहरू बस्नेछन् भने बाँकी तीन वटा कोठा आवश्यकताअनुसार प्रयोग गरिने व्यवस्था गरिएको छ।

    प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै शनिबारदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाली सेना र नेपाल प्रहरीको टोलीले रिसोर्ट क्षेत्रमा सुरक्षा तथा निगरानीको जिम्मेवारी सम्हालेको छ। रास्वपाको महाधिवेशन उद्घाटनस्थलबाट करिब १६ किलोमिटर उत्तर–पूर्वमा रहेको उक्त रिसोर्ट चितवनको पुरानो सदरमुकाम उपरदाङगढी तथा सिद्धी जाने सडकको चोकमा अवस्थित छ।

    प्रधानमन्त्री शाहसँगै गृहमन्त्री सुदन गुरुङ तथा बालेन पक्षका अन्य नेताहरू पनि सोही रिसोर्टमा बस्ने जनाइएको छ। प्रधानमन्त्रीको आगमनलाई मध्यनजर गर्दै रिसोर्टमा तीन वटा भीभीआईपी कक्ष विशेष रूपमा तयारी गरिएको छ। सुरक्षा र गोपनीयतालाई प्राथमिकता दिँदै रिसोर्टका अधिकांश कर्मचारीलाई चार दिनका लागि बिदा दिइएको छ। सेवा सञ्चालनका लागि किचनमा दुई जना, हाउसकिपिङमा दुई जना तथा आवश्यक सीमित कर्मचारी मात्र खटाइएको रिसोर्ट स्रोतले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ असार ७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट