logo

२०८३ असार ६ शनिबार

logo
  • २०८३ असार ६ शनिबार
  • रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

    778Shares
    रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने भएका छन्। शाह रास्वपाको वरिष्ठ नेताका रूपमा महाधिवेशनमा उपस्थित हुने र सोही जिम्मेवारीमा कायम रहने उनको सचिवालयले जनाएको छ।

    सचिवालयका अनुसार प्रधानमन्त्री शाह महाधिवेशनको उद्‌घाटन सत्रमा सहभागी हुन चितवन जाने कार्यक्रम रहेको छ। उद्घाटनपछि कति समयसम्म महाधिवेशनस्थलमा रहने भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन। ‘वरिष्ठ नेताज्यू उद्‌घाटन सत्रमा सहभागी हुनुहुन्छ। त्यसपछि कति समय बस्नुहुन्छ भन्ने निश्चित भइसकेको छैन। उद्‌घाटन सत्रमा सहभागी भएर फर्किने कार्यसूची देखिएको छ,’सचिवालयले जनाएको छ।

    महाधिवेशनका क्रममा शाहले सम्बोधन गर्ने विषयमा पनि अन्तिम निर्णय नभए पनि उनले बोल्ने सम्भावना रहेको सचिवालयको भनाइ छ। चितवनमा असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने रास्वपाको प्रथम महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूलाई समेत निमन्त्रणा गरिएको पार्टीले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ असार ५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट