logo

२०८३ बैशाख २७ आईतवार

logo
  • २०८३ बैशाख २७ आईतवार
  • अमेरिका, क्यानाडा र अष्ट्रेलियाका विश्वविद्यालयहरूमा साइबर आक्रमण

    745Shares
    अमेरिका, क्यानाडा र अष्ट्रेलियाका विश्वविद्यालयहरूमा साइबर आक्रमण

    काठमाडौँ। अमेरिका, क्यानाडा र अष्ट्रेलिया लगायतका देशका विश्वविद्यालय तथा विद्यालयहरूमा ठूलो स्तरको साइबर आक्रमण भएको छ । साइबर आक्रमणका कारण शैक्षिक प्रणाली नै प्रभावित बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    ‘शाइनीहन्टर्स’ नामक ह्याकर समूहले आक्रमणको जिम्मेवारी लिएको बताइएको छ । आक्रमणको मुख्य निशाना  ‘क्यानभास’  प्लेटफर्म बनेको छ, जसलाई विश्वभरका हजारौँ विश्वविद्यालय र विद्यालयहरूले अध्ययन, असाइनमेन्ट तथा परीक्षा सञ्चालनका लागि प्रयोग गर्दै आएका छन् ।

    साइबर आक्रमणका कारण अन्तिम परीक्षा र असाइनमेन्टको महत्त्वपूर्ण समयमा व्यापक अव्यवस्था सिर्जना भएको छ । धेरै विश्वविद्यालयहरूले परीक्षा स्थगित गरेका छन् भने विद्यार्थी र शिक्षकहरूमा आफ्नो डाटा तथा शैक्षिक सामग्रीको सुरक्षाप्रति चिन्ता बढेको छ ।

    ‘इन्स्ट्रक्चर’ले  शुक्रबार राति आफ्नो वेबसाइटमार्फत अधिकांश प्रयोगकर्ताका लागि सेवा पुनः सञ्चालन गरिएको जनाएको छ । मिसिसिपी स्टेट युनिभर्सिटीले विद्यार्थीहरूको सम्भावित रूपमा हराएको शैक्षिक सामग्री पुनः प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले शुक्रबारका अन्तिम परीक्षाहरू स्थगित गरेको जनाएको छ ।

    यस्तै, सिड्नी युनिभर्सिटीले  विद्यार्थीहरूलाई चेतावनी जारी गर्दै क्यानभास सेवा अस्थायी रूपमा उपलब्ध नरहेको र लग–इन गर्ने प्रयास नगर्न आग्रह गरेको छ । विश्वविद्यालयले यस अवरोधले विद्यार्थीहरूलाई गम्भीर समस्या सिर्जना गरेको स्वीकार गरेको छ ।



    फास्ट न्युज    
  • २०८३ बैशाख २७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट