logo

२०८३ बैशाख २७ आईतवार

logo
  • २०८३ बैशाख २७ आईतवार
  • पार्टी सांसदलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन

    703Shares
    पार्टी सांसदलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिनुभएको छ । आइतबार पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो निर्देशन दिनुभएको हो ।

    उहाँले रविको मान्छे र बालेनको मान्छे हो भन्दै हल्ला गर्ने गरेको भन्दै पार्टीभित्र त्यस्तो कुनै गुटबन्दी नगर्न निर्देशन दिनुभयो । उहाँले ७० वर्षअघि राजनीतिक रुपमा मिल्नुपर्ने व्यक्ति नमिलेकै कारण नेपाल ७० वर्ष पछाडि धकेलिएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री साह र आफूबीच कुनै व्यक्तिगत मुद्दाका लागि एकता नभएको पनि उहाँको भनाइ छ । उहाँले आफूलाई फुटेको चाहना राख्ने सञ्चारमाध्यमप्रति असन्तुष्टि व्यक्त गर्दै आफूहरू राजनीतिक रुपमा परिपक्व भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “म त यताको हो नि, म त उताको होनि भनेको कारण मन्त्री नभएका साथीहरू पनि हुनुहुन्छ । हामी यत्तिकै एउटा कार्यकालको लागि मिलौँ न त भने होइन यो देशमो इतिहास सम्झिएर, भविष्यको सपना बुनेर यो सहयात्रामा हिँडेका साथीहरु हौँ । हामी व्यक्तिगत कुरालाई माग मुद्दा बनाएर हिँडेका छैनौँ । त्यसकारण यो सब बन्द गर्नुपर्छ । यसको कुनै गुन्जायस नै छैन । सम्भावना नै छैन । ७० वर्ष अगाडि यो देशमा मिल्नुपर्ने मान्छेबीच झगडा परेको कारणले हामी ७० वर्ष पछाडि परेका छौँ । त्यसकारण यो सम्भव छैन ।कहिलेकाँही मिडियाका साथीले फुटाउने रहर लागेर अनेक हेडलाइन दिन्छन् । बडो मुख मिठ्याउनुहुन्छ । आई एम सरी, वास्ना त आउला तर खाना सर्बिस हुनेवाला छैन । वी आर पोलिटिकल्ली म्याचुअर इाअफ ।”

    उहाँले आफूहरू नयाँ भएपनि बेवकुफ नभएको बताउनुभयो । उहाँले फरक प्रसंगमा बोल्दै सुकुम्बासीको व्यवस्थापनका लागि सरकार लागिपरेको उल्लेख गर्दै कसैलाई पनि घरबारविहीन नबनाइने स्पष्ट पार्नुभयो ।



    फास्ट न्युज    
  • २०८३ बैशाख २७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट