logo

२०८३ आश्विन २० मंगलवार

logo
  • २०८३ आश्विन २० मंगलवार
  • ट्रान्सफर्मरको फ्युज फेर्ने क्रममा करेन्ट लाग्दा खोटाङमा एक जनाको मृत्यु

    1.1KShares
    ट्रान्सफर्मरको फ्युज फेर्ने क्रममा करेन्ट लाग्दा खोटाङमा एक जनाको मृत्यु

    खोटाङ ।

    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा ट्रान्सफर्मरको फ्युज फेर्ने क्रममा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ।
    मृत्यु हुनेमा स्थानीय ४३ वर्षीय आनन्द राई रहेका छन्।

        अवरुद्ध विद्युत सेवा पुनः सञ्चालन गर्ने क्रममा पोलमा चढेर ट्रान्सफर्मरको फ्युज फेर्दै गरेका राईलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेसँगै उनको घटनास्थलमै मृत्यु भएको वडा नं. ४ का वडाध्यक्ष बबिन्द्र राईले जानकारी दिएका छन्।

    वडाध्यक्ष राईका अनुसार मृतक आनन्द राईका तीन छोरा र एक छोरी छन्। घटनापछि गाउँमा शोक छाएको छ।
    मृतकको शव पोस्टमार्टमका लागि दिक्तेल ल्याउने तयारी भइरहेको जनाइएको छ।



    फास्ट न्युज    
  • २०८३ बैशाख २४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट