logo

२०८३ श्रावण १९ मंगलवार

logo
  • २०८३ श्रावण १९ मंगलवार
  • ३५ दिनभित्र मिचेको जग्गा खाली गर्न त्रिभुवन विश्वविद्यालयको निर्देशन

    997Shares
    ३५ दिनभित्र मिचेको जग्गा खाली गर्न त्रिभुवन विश्वविद्यालयको निर्देशन

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय ले आफ्नो मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु गर्दै ३५ दिनभित्र खाली गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ। कार्यकारी परिषद्को २०८२ चैत २३ को निर्णयअनुसार जारी सूचनामा तोकिएको समयभित्र जग्गा तथा अचल सम्पत्ति फिर्ता नगरे कानुनी कारबाही हुने चेतावनी दिइएको छ।

    २०८१ को खोजबिन प्रतिवेदनले विश्वविद्यालयको हजारौं रोपनी जग्गा व्यक्ति, कम्पनी तथा संस्थाले अवैध रूपमा कब्जा गरेको देखाएको थियो। करिब ५०५० रोपनीमध्ये २ हजारभन्दा बढी रोपनीमा १८ भन्दा बढी संघसंस्थाको कब्जा रहेको उल्लेख छ।

    कीर्तिपुर क्षेत्रमा मात्र ठूलो भाग अन्य संस्थाले प्रयोग गरिरहेको पाइएको छ। प्रतिवेदनले उपत्यकाबाहिरका सम्पत्तिको पनि छानबिन गर्न र जिम्मेवार पदाधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको छ।

     



    फास्ट न्युज    
  • २०८३ बैशाख ४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट