logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै

    799Shares
    संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै

    काठमाडौँ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। मन्त्रिपरिषद्को यही चैत १६ गतेको निर्णय अनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन भएको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’को पहिलो बैठक आज बस्न लागेको हो ।

    प्रधनमन्त्री शाहका सचिवालयका अनुसार बैठक ३ बजे बस्ने छ । कार्यदलमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सदस्य रहेका छन्। नेपाली कांग्रेसका तर्फबाट मोहन आचार्य, नेकपा (एमाले) का तर्फबाट संविधान सभा सदस्य डा. भीष्मनाथ अधिकारी, नेकपा (माओवादी केन्द्र) का तर्फबाट संविधान सभा सदस्य एवं पूर्व कानुन मन्त्री देवप्रसाद गुरुङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट संसदीय दल नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका तर्फबाट महासचिव मनोज भट्ट सदस्य रहनुभएको छ।



    फास्ट न्युज    
  • २०८२ चैत्र २५, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट