काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सिफारिस गरेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आइतबार बालुवाटारमा भएको भेटको क्रममा यादवको नाम सिफारिस दिएका हुन् ।
परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले कांग्रेस नेतृ चित्रलेखा यादवको नाम अष्ट्रेलियाको राजदूतका लागि प्रस्ताव गरेकी छन् । आइतबार मन्त्री राणाले मन्त्रालय तहबाट यादवको नाम प्रस्ताव गरेकी थिइन् । उनको प्रस्तावलाई आज बस्ने मन्त्रिपरिष्दको बैठकले अनुमोदन गर्नेछ । कांग्रेसको कोषाध्यक्षका रुपमा समेत जिम्मेवारी सम्हालिसकेकी यादवले पूर्व उपसभामुखको जिम्मेवारी समेत निर्वाह गरेकी छन् ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले यादवको नाम राजदूतमा सिफारिस गर्ने बताइएको छ ।
रिजाल इजरायलमा राजदूत हुँदा आफूले लगेको सहयोगी भान्सेलाई उतै छोडेर आएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि नाम फिर्ता लिएको थियो । रिजालले आफू इजरायलको राजदूत हुँदा सहयोगीको रुपमा लगेका दुई व्यक्तिमध्ये एक जनालाई उतै छोडेर आएको उजुरी परेपछि उनको नाम राजदूत सिफारिसबाट फिर्ता गरिएको थियो ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd