logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • कुनै गुटमा नबस्ने, आगामी चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउने शेखरको इच्छा

    799Shares
    कुनै गुटमा नबस्ने, आगामी चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउने शेखरको इच्छा

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूले पार्टीलाई एकताबद्ध बनाउने प्रयास गरिरहेको बताएका छन्। काठमाडौंमा आयोजित बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले आफू कुनै गुटमा नरहेको बताए।

    उनले भने, ‘कांग्रेसलाई एक ढिक्का बनाएर एक ठाउँमा ल्याउनको लागि म अन्त्य सम्म प्रयास गर्नेछु। त्यो तपाईँहरू ढुक्क हुनुहोस् म कुनै गुटमा छैन। यही हलमा भएका साथीहरूले पनि मेरो बारेमा धेरै कुराहरू लेख्नु भएको मैले देखेको छु। सामाजिक सञ्जाल हामी पनि हेर्छौँ, हामी हेर्दैनौँ भन्ने हैन। हामी पनि बुझ्छौँ। तर जसरी प्रस्तुत गरिएको छ, मलाई चिन्ता छैन।’

    उनले पार्टीलाई एकताबद्ध बनाएर आगामी चुनावमा पहिलो पार्टी बनाउने इच्छा भएको बताए। उनले थपे, ‘मलाई जसले जति गाली गरेपनि हुन्छ। केही पनि असर गर्दैन त्यो गालीले। मेरो एउटै लक्ष्य छ कांग्रेसलाई एक ढिक्का बनाइकन आगामी निर्वाचनमा फेरि पहिलो पार्टी बनाउने, अरू केही इच्छा छैन।’



    फास्ट न्युज    
  • २०८२ चैत्र २२, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट