logo

२०८२ चैत्र २० शुक्रबार

logo
  • २०८२ चैत्र २० शुक्रबार
  • रेसलर भगवती खड्का पक्राउ, महिलाको चरित्र हत्या गरेको आरोप

    772Shares
    रेसलर भगवती खड्का पक्राउ, महिलाको चरित्र हत्या गरेको आरोप

    काठमाडौं । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा रेसलर पक्राउ परेकी छन् । पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका वडा नं। १२ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने ३५ वर्षीया भगवती खड्का रहेकी छन् । उनी रेसलर तथा एमाले समर्थक हुन् ।

    खड्काले सामाजिक सञ्जालमा पीडित महिलाको फोटोमा अश्लिल कमेण्ट गरी सार्वजनिक रुपमा बेइज्जत गराई, घृणा, द्वेष फैलाई चरित्र हत्या गरेको भन्दै पीडितले साइवर ब्यूरोमा निवेदन दिएकी थिइन् ।

    खड्कालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा मिति २०८२ चैत १७ गते काठमाडौंबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत काठमाडौंले ४ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको ब्यूराेमा प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।



    फास्ट न्युज    
  • २०८२ चैत्र १७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट