logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • अमेरिकामा दमकलसँग ठोक्कियो विमान

    865Shares
    अमेरिकामा दमकलसँग ठोक्कियो विमान

    काठमाडौं । अमेरिकामा एक विमान दमकलसँग ठोक्किएको छ ।अमेरिकाको न्यूयोर्कको ला गार्डिया विमानस्थलमा आइतबार अवतरणका क्रममा एयर क्यानडाको उक्त विमान दमकलसँग ठोक्किएको हो ।

    उक्त दुर्घटनामा विमानका पाइलट र को–पाइलटको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् ।राति करिब ११ः४० बजे ज्याज एभिएसनद्वारा सञ्चालित एयर क्यानडाको एउटा विमानले पोर्ट अथोरिटीको ‘विमान उद्धार तथा अग्नि नियन्त्रक’ सवारीसाधनलाई ठक्कर दिएको न्युयोर्क र न्यु जर्सीको पोर्ट अथोरिटीले जनाएका छन् ।  उक्त दमकल अर्को एउटा छुट्टै घटनाको उद्धारका लागि जाँदै थियो ।

    दुर्घटनालगत्तै आपतकालीन उद्धार प्रोटोकलहरू सक्रिय पारिएको थियो । पोर्ट अथोरिटीले विज्ञप्तिमार्फत उद्धार र विस्तृत अनुसन्धानका लागि विमानस्थल बन्द गरिएको जनाएको छ ।

    दुर्घटना भएको एयर क्यानडाको उडान नम्बर ८६४६ मा   ७२ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेकोमा  एक  पाइलट र एक को–पाइलटको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा ४१ जना यात्रु र चालक दलका सदस्यलाई अस्पताल लगिएको थियो, जसमध्ये ३२ जना डिस्चार्ज भइसकेका छन् । दमकलमा रहेका दुईजना पनि घाइते भएका छन् ।

    घटनाको जानकारी दिँदै अमेरिकी तटरक्षक गार्डका प्रवक्ता माइक सालेर्नोले उद्धार टोलीले हेलिकप्टरमार्फत हराइरहेको विमानको निरन्तर खोजी गरिरहेको जानकारी दिँदै खोज टोलीले विमानको भग्नावशेष समुद्री बरफमा फेला पारेको बताए । दुई पौडीबाजलाई तल झरेर अनुसन्धान गर्दा विमानमा सवार ९ जना यात्रुसहित पाइलटको मृत्यु भएको पाइएको थियो ।



    फास्ट न्युज    
  • २०८२ चैत्र ९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट