logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • समानुपातिकतर्फ पनि रास्वपाले बनायो फराकिलो अग्रता

    988Shares
    समानुपातिकतर्फ पनि रास्वपाले बनायो फराकिलो अग्रता

    काठमाडौं । निर्वाचन आयोग ले दिएको जानकारीअनुसार प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना तीव्र गतिमा भइरहेको छ। हालसम्म कुल ५१ लाख १२ हजार ९० मत गणना भइसकेको छ।

    ताजा नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी उल्लेखनीय मतसहित पहिलो स्थानमा कायम रहेको छ। सो पार्टीले २५ लाख २० हजार ८१० मत प्राप्त गर्दै अन्य दलभन्दा फराकिलो अग्रता बनाएको छ।

    दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले ८ लाख ४९ हजार १३१ मत प्राप्त गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी ९एमाले० ७ लाख २७ हजार ७७४ मत सहित तेस्रो स्थानमा रहेको छ।

    त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी ले ३ लाख ४७ हजार ३८४ मत प्राप्त गरेको छ। अन्य दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी ले १ लाख ८२ हजार ६४८ मत पाएको छ भने श्रम संस्कृति पार्टी ले १ लाख २६ हजार १९० मत प्राप्त गरेको छ।

     



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट