logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • बागलुङ-२ का प्रलोपाले कांग्रेस उम्मेदवारलाई सघाउने

    898Shares
    बागलुङ-२ का प्रलोपाले कांग्रेस उम्मेदवारलाई सघाउने

    बागलुङ । बागलुङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सघाउने भएको छ ।

    बुधबार ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा आयोजित कार्यक्रममा प्रलोपाका उम्मेदवार पदमबहादुर कुँवरले कांग्रेसका उम्मेदवार पौडेललाई समर्थनको घोषणा गरेका छन् ।पौडेलको घोषणापत्र सार्वजनिक कार्यक्रममा कुँवरले सघाउने बताउँदै आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेका थिए ।

    नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय कुँवर पछिल्लो समय प्रलोपामा सक्रिय थिए । आफ्नो उम्मेदवारी कायम रहँदा राम्रो उम्मेदवारको मत काटिएर पराजित हुनुपर्ने अवस्था आउने देखेपछि पौडेललाई सघाउने निर्णयमा पुगेको उनले बताए ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन १३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट