काठमाडौं – जिल्ला प्रशासन कार्यालय, रौतहटले आइतबार बिहान साढे ८ बजेदेखि कर्फ्युमा कडाइ गरेको छ । बिहान केही समय खुकुलो पारिएको कर्फ्युमा कडाइ गरिएको हो । बिहीबारदेखि तनाव बढ्दा रौतहटमा सुरक्षा चुनौती थपिएको भन्दै जिल्ला प्रशासनले कर्फ्यु लगाएको हो ।
बिहीबार गौरमा दुई समुदायबीच सामान्य तनावबाट सुरु भएको विवादले शुक्रबार उग्र रुप लिएको हो । पछिल्लो तीन दिमा गौरमा साम्प्रदायिक दंगा भएपछि स्थानीय प्रशासले कर्फ्यु लगाएको हो ।
आइतबार बिहान कर्फ्यु खुकुलो हुँदा स्थानीय उपभोग्य वस्तु किनमेल गर्न निस्किएका थिए । बिहान ८ः३० देखि भने कर्फ्युमा कडाइ गरिएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया