logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • कस्तो रहला आजको मौसम ?

    973Shares
    कस्तो रहला आजको मौसम ?

    काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही स्थानमा आज हिमपात र वर्षाको सम्भावना छ ।तराईमा हुस्सु र कुहिरोको सम्भावना रहेको छ ।
    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ । देशभर आंशिक बादल लाग्नेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।

    विभागले राति तराई भूभागका केही स्थानमा हुस्सु रहने बताएको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

    कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ माघ १६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट