logo

२०८३ जेष्ठ २७ बुधबार

logo
  • २०८३ जेष्ठ २७ बुधबार
  • टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी बने अभिषेक शर्मा

    1.1KShares
    टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी बने अभिषेक शर्मा

    काठमाण्डाै – भारतका ओपनर ब्याटर अभिषेक शर्मा टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी बनेका छन् ।

    हिजो घरेलु मैदान नागपुरमा भएको न्युजिल्यान्डसँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८४ रन बनाउँदै २५ वर्षीय शर्माले यो उपलब्धि हासिल गरेका हुन् । अभिषेक शर्माले २ हजार ८ सय ९८ बलमा ५ हजार रन पूरा गरेका हुन् ।

    यसअघि वेस्ट इन्डिजका आन्द्रे रसेलले २ हजार ९ सय ४२ बलमा ५ हजार रन पूरा गरेका थिए । यसैगरी अस्ट्रेलियाका टिम डेभिडले ३ हजार १ सय २७ बल, इङ्ग्ल्यान्डका विल ज्याक्सले ३ हजार १ सय ९६ बल, अस्ट्रेलियाकै ग्लेन म्याक्सवेलले ३ हजार २ सय ३९ बलमा ५ हजार रन पूरा गरेका छन् ।

    पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ४८ रनले हराएको थियो ।



    फास्ट न्युज    
  • २०८२ माघ ८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट