logo

२०८३ आश्विन २१ बुधबार

logo
  • २०८३ आश्विन २१ बुधबार
  • बालेन शाह विहानै रामजानकी मन्दिरमा, आरती भ्याउँदै गरे पूजाअर्चना

    1.2KShares
    बालेन शाह विहानै रामजानकी मन्दिरमा, आरती भ्याउँदै गरे पूजाअर्चना

    धनुषा । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज बिहान जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा दर्शनका लागि पुगेका छन्। उनले मन्दिरमा नियमित रूपमा हुने बिहानी आरतीमा सहभागी भई पूजाअर्चना गरेका हुन्।

    जानकी मन्दिर दर्शनका क्रममा मेयर बालेनसँगै प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि उपस्थित थिए। दुवैले सँगै बसेर आरती अवलोकन गर्नुका साथै धार्मिक विधिमा सहभागिता जनाएका थिए।

    ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको जानकी मन्दिरमा बिहानै मेयर बालेन र सांसद सिंहलाई एकसाथ देख्दा स्थानीयवासी तथा दर्शनार्थीहरूको विशेष चासो देखिएको थियो। बालेनको जनकपुरधाम भ्रमणलाई विभिन्न कोणबाट अर्थ्याउँदै धेरैले ध्यानपूर्वक हेरिरहेका छन्।



    फास्ट न्युज    
  • २०८२ माघ ५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट