logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • कांग्रेसका ५ प्रदेश र ४७ जिल्ला सभापतिहरू विशेष महाधिवेशनको विपक्षमा

    1KShares
    कांग्रेसका ५ प्रदेश र ४७ जिल्ला सभापतिहरू विशेष महाधिवेशनको विपक्षमा

    काठमाण्डौ – कांग्रेसका ५ प्रदेश र ४७ जिल्ला सभापतिहरूले विज्ञप्ति निकालेर विशेष महाधिवेशनको विरोध गरेका छन् । उनीहरुले भेला, समारोहमा नअल्मलिएर संविधानको संरक्षण र देशको राजनीतिक निकासका लागि थप जिम्मेवार भएर चुनावमा केन्द्रित हुन आग्रह गरेका छन् ।

    सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका जिल्ला सभापतिहरू विशेष महाधिवेशनको विपक्षमा खुलेका हुन् । उनीहरूले वैशाखमा १५औं महाधिवेशन गर्नुपर्ने पनि बताएका छन् ।

    ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार विशेष महाधिवेशन बाध्यकारी भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गर्नुभएको हो । विशेष महाधिवेशन पक्षधरले ६० प्रतिशत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुने दाबी गरेको छ ।



    फास्ट न्युज    
  • २०८२ पुष २६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार