logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • आन्तरिक भेलामा नअल्मलीई निर्वाचनमा लाग्न अपिल गर्दै  १२ जना जिल्ला सभापतिहरुले निकाले विज्ञप्ति

    1.4KShares
    आन्तरिक भेलामा नअल्मलीई निर्वाचनमा लाग्न अपिल गर्दै  १२ जना जिल्ला सभापतिहरुले निकाले विज्ञप्ति

      काठमाडौं । नेपाली कांग्रेसका १२ जना जिल्ला सभापतिहरूले साझा विज्ञप्ति निकालेका छन् । मुलुकमा विकसित राजनीतिक घटना असन्न प्रतिनिधि सभाको निर्वाचन, मुलुकको शुरक्षा संवेदनशिलता जस्ता गम्भीर राजनीतिक परिस्थितिमा मुलुकको राजनीतिक निकासको लागि सिंगो पार्टी एकवद्ध भई देखिएको चुनौती सामना गर्नु आजको आवस्यकता हो ।

    यस गम्भीर राजनीतिक परिस्थितीमा नेपाली कांग्रेस अन्य भेला, समारोहमा नअल्मलीई संविधानको संरक्षण र मुलुकका राजनीतिक निकासको लागि थप जिम्मेवार भई फागुन २१ को निर्वाचनमा सकृयरुपमा केन्द्रित हुन आग्रह विज्ञप्तिमा गरिएको छ ।

    हस्ताक्षर गर्ने सभापतिहरुमा रामनाथ अधिकारी धादिंङ, डिगवहादुर लिम्बु मोरंङ, वर्मा लामा दोलखा, रमेशकुमार महत नुवाकोट, विष्णुकुमार राई खोटाङ, राजेश्वर खनाल चिवन, अम्बवहादुर शाही कालिकोट, रामकृष्ण खांड रुपन्देही, मणीराम रेग्मी दैलेख, रुप नारायण जगेवु पाँचथर, रामसिंह रावल बाजुरा, विक्रम प्रसाद यादव का. वा. सभापति पश्चिम नवलपरासी रहेका छन्।
    विज्ञप्तिको पुर्ण पाठ

    प्रेस वक्तव्य

    २०८२ पौष २५

    वर्तमान अवस्थामा मुलुकको राजनीति अत्यन्त सम्बेदनशिल अवस्थाबाट गुज्रीरहेको छ । जनताको प्रतिनिधिमुलक संस्था प्रतिनिधिसभा विगठन भई गठित अन्तरिम सरकारले फागुन २१ गते आम निर्वाचनको कार्यतालिका सार्वजनिक गरि मुलुक निर्वाचनको प्रकृयामा अघि बढिसकेको छ। यस प्रकारको गम्भीर राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसका महाधिवेसनको माग गरि हस्ताक्षर गर्ने हस्ताक्षरकर्ता महाधिवेसन प्रतितिधिहरु मद्ये केहि महाधिवेसन प्रतिनिधिहरुले नियमित महाधिवेसन हुन नसकेको अवस्थामा मात्र विशेष महाधिवेसनको माग गरेको, केहि महाधिवेसन प्रतिनिधिहरुले विशेष महाधिवेसनको माग गरेको र केहि महाधिवेसन प्रतिनिधिहरु तटस्थ रहेको अवस्था समेत विद्यमान छ ।

    १५ औ नियमित महाधिवेसन २०८३ वैशाख मसान्त सम्मको कार्यतालिका २०८२ पौष १८ गते वसेको नेपाली कांग्रेसको केन्दीय कार्य सम्पादन समितिको बैठकबाट निर्णय भई नियमित अधिवेसनकै प्रकृया निरन्तर रहेको अवस्थामा र विशेष महाधिवेसन बोलाउने वैधानिक अधिकार केन्दीय तहको मात्र रहेको वैधानिक व्यवस्था भएको र विशेष महाधिवेसनको उपर्युक्त वातावरण समेत नभएको हुदा नेपाली कांग्रेस केन्दीय कार्य समितिले अझै पार्टि एकताको प्रयास गरि वार्ता र संवाद मार्फत पार्टी विभाजनबाट बचाउन केन्द्रीत हुनु आवस्यक छ ।

    मुलुकमा विकसित राजनीतिक घटना असन्न प्रतिनिधि सभाको निर्वाचन, मुलुकको शुरक्षा संवेदनशिलता जस्ता गम्भीर राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस मुलुकको राजनीतिक निकासको लागि सिंगो पार्टी एकवद्ध भई मुलुकमा देखिएको चुनौती सामना गर्नु आजको आवस्यकता हो ।

    यस गम्भीर राजनीतिक परिस्थितीमा नेपाली कांग्रेस अन्य भेला, समारोहमा नअल्मलीई संविधानको संरक्षण र मुलुकका राजनीतिक निकासको लागि थप जिम्मेवार भई फागुन २१ को निर्वाचनमा सकृयरुपमा केन्द्रित हुन आग्रह गर्दछौ ।



    फास्ट न्युज    
  • २०८२ पुष २६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट