logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • देशभर पश्चिमी वायुको आंशिक प्रभाव, केही प्रदेशमा आंशिक बदली हुने

    925Shares
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, केही प्रदेशमा आंशिक बदली हुने

    काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका केही प्रदेशमा आज आंशिक बदली हुनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली हुनेछ । बिहान तराईमा हुस्सु र कुहिरो लागेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    राति तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रहने विभागले बताएको छ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।



    फास्ट न्युज    
  • २०८२ पुष २५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट