logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • एमालेबाट राष्ट्रिय सभाका उम्मेदवार को-को ? लुम्बिनीबाट रामकुमारी झाँक्री

    1.1KShares
    एमालेबाट राष्ट्रिय सभाका उम्मेदवार को-को ? लुम्बिनीबाट रामकुमारी झाँक्री

    काठमाडौं । नेकपा ९एमाले०ले राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम टुंगो लगाएको छ । माघ ११ गतेका लागि हुने राष्ट्रिय सभाको चुनावमा एमालेले अन्य दलसँगको गठबन्धनमा सात सिट पाएको छ । राष्ट्रिय सभामा नेपाली कांग्रेस, नेकपा र जसपा नेपालले तालमेल गर्दैछन् ।

    मधेश प्रदेशबाट एक जनाको नाम टुंगो लगाउन बाँकी राखेको एमालेले ६ जनाको नाम टुंगो लगाएको हो ।

    एमालेले कोशी प्रदेशबाट रोशनी मेचे, बागमतीमा डा। प्रेमकुमार दंगाल, उम्मेदवार बनाउँदा गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने भएको हो ।

    एमाले सचिवालयमा छलफलपछि अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारको नाम टुंगो लगाएका हुन् । निर्वाचन आयोगले राष्ट्रिय सभाको चुनावका लागि आज मनोनयनका लागि कार्यक्रम राखेको छ ।



    फास्ट न्युज    
  • २०८२ पुष २३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट