logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • आज राति अबेरसम्म बसेर कांग्रेसले राष्ट्रिय सभा उम्मेदवार तय गर्ने

    958Shares
    आज राति अबेरसम्म बसेर कांग्रेसले राष्ट्रिय सभा उम्मेदवार तय गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरू आजै टुंगो लगाउने बताएको छ । पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार, राष्ट्रिय सभा उम्मेदवार तय गरिनेगरी छलफल अघि बढेको छ । कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग तालमेल गरेर अघि बढ्ने निर्णय भएको छ । ‘हाम्रो बैठक केहीबेरका लागि स्थगित भएको छ,’ महतले भने, ‘राति अबेरसम्म बसेर भएपनि राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार तय गरिनेछ ।’

    सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचनमा गरिने चुनावी तालमेलबारे ‘ब्रिफिङ’ गरेका थिए । सोमबारको बैठकपछि कार्यवाहक सभापति खड्का केन्द्रीय सदस्य रमेश लेखकका साथ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न भक्तपुरको गुण्डु पुगेका थिए ।

    त्यसअघि आइतबार एमाले महासचिव शंकर पोखरेलले कांग्रेस कार्यवाहक सभापति खड्का र लेखकसँग कुराकानी गरेका थिए । आइतबार नै एमाले अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पनि संवाद भएको थियो ।



    फास्ट न्युज    
  • २०८२ पुष २२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार