काठमाडौं।नेकपा (एमाले)मा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति कमिटी बनाइएको हो । उपमहासचिव लेखराज भट्टका अनुसार मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकबाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा परिचालन कमिटी गठन गरिएको हो । कमिटी सचिवमा नेता विष्णु रिमाल छन् ।
नेताहरू छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र डा. भीष्म अधिकारी सदस्य रहेका उनले जानकारी दिए । कमिटीको सचिवमा विष्णु रिमाल रहेका छन् भने सदस्यहरूमा छविलाल विश्वकर्मा, डा. राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, मिनबहादुर शाही र भिष्म अधिकारी रहेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया