logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • रास्वपासँग एकताका लागि सुधनको पहल, बालेनले गरे प्रशंसा

    982Shares
    रास्वपासँग एकताका लागि सुधनको पहल, बालेनले गरे प्रशंसा

    काठमडौं । सुधन गुरुङले रास्वपासँग एकताका लागि गरेको पहल र प्रयासको बालेन्द्र साह (बालेन) ले प्रशंसा गरेका छन् ।

    कुलमान घिसिङ, रवि लामिछाने र बालेनको एकताका लागि उनले गरेको महत्त्वपूर्ण प्रयासको प्रशंसा गरेका हुन् । मध्यरातमा फेसबुक स्टाटस लेख्दै उनले देश बनाउनुपर्छ भनेर सबैले भने पनि प्रयास महत्त्वपूर्ण हुने भन्दै यस्तो बताएका हुन् । बालेनले फेसबुकमा लेखेका छन्, ‘देश बनाउनुपर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ रु — त्यो नै महत्वपूर्ण हुन्छ।’

    बालेनले सुधनको यो भूमिकालाई देशले १०० वर्षसम्म नबिर्सने बताएका छन् । उनले सुधनलाई बाबु सम्बोधन गर्दै थप लेखेका छन्, ‘बाबु सुधन गुरुङज्यूले, जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन। लभ यू, ब्रदर ’

     



    फास्ट न्युज    
  • २०८२ पुष १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट