logo

२०८३ जेष्ठ २५ सोमबार

logo
  • २०८३ जेष्ठ २५ सोमबार
  • आचारसंहिता कार्यान्वयन गर्न सरकारले कर्मचारीलाई दियो निर्देशन

    820Shares
    आचारसंहिता कार्यान्वयन गर्न सरकारले कर्मचारीलाई दियो निर्देशन

    काठमाडौं । संघीय मामिला तथा प्रशासन मन्त्रालयले कर्मचारीहरुलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन जारी गरेको छ ।
    संघीय मामिला तथा प्रशासन मन्त्रालयको सचिव चन्द्रकला पौडेलले कर्मचारीलाई आचार संहिता कार्यान्वयन गर्न सूचना जारी गरेकी हुन् । सरकारले स्वीकृत गरेको शासकीय सुधारका कार्यसूची अनुसार जिम्मेवारी निर्वाह गर्न भनिएको छ ।

    सरकारले सार्वजनिक गरेको शासकीय सुधारका एक सय कार्यसूची मध्ये निजामति कर्मचारीका सन्दर्भ पनि समेटिएको थियो । शासकीय सुधारका कार्यसुचीमा ‘विद्यामान भ्रष्टचार, ढिलासुस्ती जनमुखी र उदाहरणीय बनाउन कर्मचारी आचारसंहिता अक्षरश कार्यान्वयन गर्ने’ उल्लेख थियो ।

    साथै, कर्मचारीहरुले व्यवसायिक मर्यादा कायम राख्दै निष्पक्ष, तटस्थ र सरकारका निर्णयहरुको प्रभावकारी कार्यान्वयनमा समर्पित भई काम गर्ने वातावरण सुनिश्चित गर्ने सरकारको शासकीय सुधारका कार्यमा लेखिएको छ । कर्मचारीको आचरण सम्बन्धमा निजामति सेवा ऐन र नियमावली पूर्ण रुपमा पालना गर्न निर्देशन दिइएको छ ।



    फास्ट न्युज    
  • २०८३ बैशाख ९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट