logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

    931Shares
    नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

    काठमाडौँ । केही दिनदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बैठक बिहान ११ बजे बस्ने जानकारी दिएका छन् ।

    शनिबार भएको बैठकमा समानुपातिक तर्फका १ सय १० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रकृया प्रारम्भ गरेको बताइएको छ ।

    शनिबारको बैठकले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाले कारबाहीमा परेकाको निष्काशन, निलम्बन र पार्टीको विधान अनुसार स्वतः कारबाहीमा परेकाको बाँकी अवधि माफी मिनाहा गरेको थियो ।

    उनीहरुको क्रियाशील सदस्यता निरन्तर रहने गरी नवीकरण गर्ने निर्णय गरिएको थियो । पार्टी परित्याग गरेकालाई पनि घर फर्कन आह्वान गरिएको थियो ।

     



    फास्ट न्युज    
  • २०८२ पुष १३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट