logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै

    1KShares
    प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै

    काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार चुनावको तयारी र दलहरूबीचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले आज दिउँसो बालुवाटारमा शीर्ष नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो ।

    यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा शीतल निवासमा प्रधानमन्त्री कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको थियो ।

    चुनावको वातावरण बनाउन सरकारका प्रवक्ता खरेलले हिजो देउवा, ओली र दाहालसँग उनीहरुकै निवासमा पुगेर छलफल गर्नुभएको थियो । तीन दलका शीर्ष नेतासँगको भेटवार्तापछि सञ्चारमन्त्री खरेलले आउँदो फागुन २१ गतेका लागि तय भएको चुनाव तोकिएकै समयमा हुने र त्यसमा सबै राजनीतिक दलहरू सहभागी हुने बताउनुभएको थियो ।



    फास्ट न्युज    
  • २०८२ पुष १२, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट