logo

२०८३ जेष्ठ ५ मंगलवार

logo
  • २०८३ जेष्ठ ५ मंगलवार
  • अधिक तरलता नियन्त्रणको सकस, १६ दिनको लागि पुन: २५ अर्ब रुपैयाँ तान्यो राष्ट्र बैंकले

    1.1KShares
    अधिक तरलता नियन्त्रणको सकस, १६ दिनको लागि पुन: २५ अर्ब रुपैयाँ तान्यो राष्ट्र बैंकले

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार पनि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ खिचेको छ । कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसँगै राष्ट्र बैंकले बुधबार मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिचेको हो ।

    राष्ट्र बैंकका अनुसार बुधबार अपरान्ह दुई बजेसम्ममा अनलाईन बिडिङ सिस्टम सफ्टवेयर मार्फत उक्त परिमाणमा रकम तानिएको हो । परिपक्व हुने अवधि १६ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती पुस २५ गते तोकिएको छ ।

    राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री हुन लागेको हो ।

    खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सिमा तोकिएको छ ।

    यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने छ ।



    फास्ट न्युज    
  • २०८२ पुष ९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट