logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • ‘एमाले महाधिवेशन पार्टीको आन्तरिक लोकतन्त्र र राष्ट्रिय राजनीतिका लागि महत्वपूर्ण सन्देश’

    1KShares
    ‘एमाले महाधिवेशन पार्टीको आन्तरिक लोकतन्त्र र राष्ट्रिय राजनीतिका लागि महत्वपूर्ण सन्देश’

    काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले एमाले महाधिवेशनमा देखिएको उत्साहजनक सहभागिताले मतदान प्रक्रियाबाट नेतृत्व छनोट प्रक्रियाले पार्टीको आन्तरिक लोकतन्त्र र राष्ट्रिय राजनीतिका लागि महत्वपूर्ण सन्देश दिएको बताएका छन् ।

    अत्यन्त शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सकिएपछि ज्ञवालीले पछिल्ला राजनीतिक घटनाक्रमपछि मूलधारका राजनीतिक दलहरूको सान्दर्भिकता समाप्त भएको भन्ने भाष्यलाई एमालेले व्यवहारबाटै खण्डन गरेको उल्लेख गरेका छन् ।

    ‘भदौको अन्तिम साताका घटनाक्रम पश्चात् मूलधारका राजनीतिक पार्टीहरूको सान्दर्भिकता समाप्त भयो भनेर निर्माण गरिएको भाष्यलाई मङ्सिर २७ गते सल्लाघारीमा उपस्थित विशाल जनसहभागिताले खण्डित गरेको थियो भने नेतृत्व निर्माणका लागि भएको स्वस्थ, सौहार्द प्रतिस्पर्धाले पार्टीको आन्तरिक लोकतन्त्रलाई जीवन्त बनाएको छ’, उनले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

    महाधिवेशनमा देखिएको उच्च सहभागिता र लोकतान्त्रिक प्रतिस्पर्धाले पार्टीको आन्तरिक जीवनमा मात्र सीमित नभइ देशको राजनीतिमा नै सकारात्मक प्रभाव पार्ने उनको धारणा छ । ‘यी दुबै पक्षको सकारात्मक प्रभाव एमालेभित्र मात्र होइन, समग्र राष्ट्रिय राजनीतिमै पर्नेछ,’ उनको भनाइ छ।

    नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हिजो बिहान ९ बजेबाट सुरु भएको मतदान प्रक्रिया आज बिहान सम्पन्न भएको छ । कुल २२ सय ६३ प्रतिनिधिमध्ये २२ सय २७ जनाले मतदान गरेसँगै महाधिवेशनको मतदान प्रक्रिया औपचारिक रूपमा टुङ्गिएको हो।

    एमालेको ११औँ महाधिवेशनमा विद्युतीय मतदान मेसिनमार्फत निर्वाचन गरिएको थियो। मतदानमा ९८ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता रहनुले पार्टी सङ्गठनको सक्रियता र महाधिवेशनप्रतिको चासो प्रष्ट पारेको नेताहरूको विश्लेषण छ।



    फास्ट न्युज    
  • २०८२ पुष ३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट