काठमाडौं । । नेप्सेको उकालो यात्राले साताको तेस्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन छ दशमलव ७४ अंकले बढेको नेप्से आज पुन १८ दशमलव ३७ अंकले बढेर २६ सय १९ दशमलव ९९ अंकमा चढेको छ ।
यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १५ अंकले बढेर चार सय ५० दशमलव ६७ अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय २५ वटा कम्पनीहरुको ५५ हजार ७८ पटकको कारोबारमा ७८ लाख चार हजार ४५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब २९ करोड ४२ लाख २७ हजार एक सय २२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकोमा व्यापार समूहको सूचक शून्य दशमलव ५२ अंकले घटेको छ भने बाँकी समूहहरुको सूचक उच्च अंकले बढेका छन् ।
जसमध्ये वाँणिज्य बैंक समूहको सूचक चार दशमलव ७३ अंकले बढेर १३ सय ५१ दशमलव ४२ अंकमा पुगेको छ भने विकास बैंक समूहको सूचक ८३ दशमलव ९१ अंकले बढेर ५४ सय २९ दशमलव ९१ अंकमा पुगेको छ ।
फाइनान्स समुहको सुचक पनि नौं दशमलव ४२ अंकले बढेर २२ सय ९९ दशमलव २० अंकमा पुगेकोमा जलविद्युत समूहको सूचक पनि २५ दशमलव ८४ अंकले बढेर ३३ सय ५७ दशमलव ९२ अंकमा पुगेको छ ।
यसैगरी जीवन बीमा समूहको सूचक पनि ९२ दशमलव शुन्य सात अंकले बढेर १३ हजार दुई सय ७२ दशमलव ४० अंकमा पुगेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ९६ दशमलव ८७ अंकले बढेर १० हजार आठ सय ७३ दशमलव १६ अंकमा पुगेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया