logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • भन्सार विभागसँगको छलफलपछि एजेन्टहरूको आन्दोलन स्थगित

    853Shares
    भन्सार विभागसँगको छलफलपछि एजेन्टहरूको आन्दोलन स्थगित

    काठमाडौं । मंगलबारदेखि आन्दोलित बनेका देशभरका भन्सार एजेन्टहरूको आन्दोलन स्थगित गरेका छन् । बुधवार भन्सार विभाग र एजेन्टहरुबीच भएको वार्ता सकारात्मक भएपछि एजेन्टहरूले आन्दोलनका कार्यक्रम फिर्ता गरेका हुन् ।

    महासंघ अध्यक्ष प्राचिनकुमार थैवका अनुसार देशभरका भन्सार कार्यालयहरूमा पेन डाउन लगायतका विरोध कार्यक्रम प्रति भन्सार विभाग र महासंघबीच बुधवार छलफल भएको थियो । उक्त छलफल सकारात्मक भएकाले पेन डाउन कार्यक्रम फिर्ता भएको उनले जानकारी दिए ।

    भन्सार ऐन २०८२ प्रति आपत्ति जनाउँदै आन्दोलनरत महासंघले मंगलबारदेखि देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’ गरेको थिए ।

    यस ऐनमा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरूको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पुर्‍याउने वातावरण सृजना भएको भन्दै आन्दोलन गरेका थिए ।

     



    फास्ट न्युज    
  • २०८२ मंसिर २४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट