logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • एनपीएलमा आज दुई खेल, पहिलो जितको खोजीमा जनकपुर र पोखरा

    967Shares
    एनपीएलमा आज दुई खेल, पहिलो जितको खोजीमा जनकपुर र पोखरा

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। बिहान ११ः४५ बजे सुरु हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

    दोस्रो खेलमा दिउँसो ४ बजे जनकपुर बोल्टस र पोखरा एभेन्जर्सले पहिलो अंकका लागि संघर्ष गर्नेछन् । दुवै खेल बिहान र साँझ त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन्।

    तीन खेल खेल्दा अपराजित रहेको सुदूरपश्चिम ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान तीन खेल खेलेको लुम्बिनीले भने दुई अंक मात्र जोडेको छ ।

    दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम अपराजित यात्रालाई कायम राख्न चाहन्छ । यता लगातार दुई हारको सामना गरेको रोहितकुमार पौडेल कप्तानीको टिम लुम्बिनी कमब्याक गर्न चाहन्छ ।

    यता तेस्रो खेल खेल्न लागेका जनकपुर र पोखरा भने अंकबिहीन छन् । अनिल शाह नेतृत्वको जनकपुर र कुशल भुर्तेल नेतृत्वको पोखरा दुईदुई खेल खेल्दा अंकबिहीन छन् । आजको प्रतिस्पर्धाबाट दुवै टिम खाता खोल्न चाहन्छन् ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट